हुवावे बन्यो विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड
काठमाडौं : चर्चित प्रविधि कम्पनी हुवावे सन् २०२६ को पहिलो ६ महिनामा विश्वकै पहिलो नम्बरको स्मार्टवाच ब्रान्ड बनेको छ।
अन्तर्राष्ट्रिय अनुसन्धान संस्था 'आइडीसी' को नयाँ प्रतिवेदन अनुसार, हुवावेले यो अवधिमा विश्वभरको कुल स्मार्टवाच बजारको २१ प्रतिशतभन्दा बढी मात्रा ओगट्न सफल भएको छ।
मानिसहरूको स्वास्थ्य, दौड तथा दैनिक फिटनेसलाई सहज बनाउन हुवावेले निरन्तर नयाँ-नयाँ प्रविधिसहितका स्मार्टवाचहरू बनाउँदै आएको छ। विश्व बजारमा पाएको यो सफलतासँगै हुवावेले नेपाली ग्राहकहरूका लागि पनि आफ्ना नयाँ र अत्याधुनिक स्मार्टवाचहरू उपलब्ध गराउँदै आएको छ।
असोज ४, २०८३ आइतबार १५:३९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।