२१ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि २० रूपैयाँ बढेको छ।
शुक्रबार प्रतितोला चार हजार सात सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
असोज ४, २०८३ आइतबार ११:१६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।