विदेशबाट सिधै इसेवा खातामा रेमिट्यान्स पठाउन सकिने, घरमै बसेर बिल तिर्न सहज
काठमाडौं : डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै 'अन्तै भए पनि आफन्तको नजिक' नामक अभियान सुरु गरेको छ।
यस अभियानअन्तर्गत अब विदेशबाट नेपालमा रहेका आफन्तको इसेवा खातामा सिधै रेमिट्यान्स पठाउन सकिनेछ।
इसेवाका अनुसार, विदेशस्थित आधिकारिक रेमिट्यान्स पार्टनरमार्फत पठाइएको रकम सिधै इसेवा खातामा प्राप्त हुनेछ।
यसरी आएको रकम निकाल्न बैंक वा रेमिट्यान्स एजेन्टसम्म पुग्ने झन्झट पर्ने छैन। उक्त रकमबाट घरमै बसेर बिजुली, खानेपानी, इन्टरनेट र टेलिफोनको बिलका साथै बिमा तथा विद्यालयको शुल्क सजिलै भुक्तानी गर्न सकिनेछ।
वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने र प्राप्त रकमलाई सिधै डिजिटल अर्थतन्त्रसँग जोडेर परिवारको दैनिक जीवन सहज बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ।
यसले नगद बोक्नुपर्ने झन्झट अन्त्य गर्नुका साथै वित्तीय साक्षरता र डिजिटल पहुँच विस्तारमा समेत मद्दत पुग्ने इसेवाको विश्वास छ।
असोज ३, २०८३ शनिबार १०:०९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।