नेपाली युवाहरूले अन्तर्राष्ट्रिय बजार लक्षित एआई टुल बनाए

नेपाली युवाहरूले अन्तर्राष्ट्रिय बजार लक्षित एआई टुल बनाए

काठमाडौं : नेपाली प्रविधि उद्यमीहरूको टिमले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित एकीकृत मार्केटिङ प्लेटफर्म सार्वजनिक गरेको छ। ‘फिक्रा भेन्चर्स’ नामक कम्पनीले विकास गरेको यो प्लेटफर्ममार्फत साना तथा मझौला व्यवसायहरूले भिडियो निर्माण, सामाजिक सञ्जाल व्यवस्थापनदेखि विज्ञापनको प्रभाव मापनसम्मका काम एउटै प्रणालीबाट गर्न सक्ने कम्पनीले दाबी गरेको। 

यो प्लेटफर्मले अङ्ग्रेजीसँगै अरबीसहितका प्रमुख अन्तर्राष्ट्रिय भाषाहरूमा समेत सामग्री निर्माण तथा भ्वाइसओभरको सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ। 

यसमा फिक्राजेन नामक एआई भिडियो निर्माण टुल रहेको र यसले सामान्य विचार वा स्क्रिप्टका आधारमा स्वयम् डिजाइन, एनिमेसन र भ्वाइसओभर तयार पार्ने र भ्वाइस क्लोनिङ, ब्रान्डकिट र दृश्यस्तरको सम्पादन जस्ता आधुनिक सुविधाहरू छ।

फिक्रासोसल नामक फिचरले सामाजिक सञ्जालका अकाउन्टहरू जोड्ने, कन्टेन्टको समय तालिका  मिलाउने तथा विज्ञापनको खर्च र प्रभावकारिताको अनुगमन गर्ने कम्पनीले जानकारी दिएको छ।

क्लोज्ड लुप प्रणालीले विज्ञापनबाट आएको प्रतिक्रिया र उपभोक्ताको बानी व्यवहारलाई विश्लेषण गरी पुनः सोही आधारमा अर्को प्रभावकारी सामग्री बनाउन सघाउने कम्पनीले बताएको छ।

असोज २, २०८३ शुक्रबार २०:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।