ग्यासको थप ढुवानी भाडा हट्यो, अब प्रतिसिलिण्डर २ हजार ६० रूपैयाँमै पाइने
काठमाडौं : नेपाल एलपी ग्यास उद्योग सङ्घले उद्योगीहरूलाई पुरानै निर्धारित मूल्यमा ग्यासको बिक्री वितरण गर्न आग्रह गरेको छ।
सङ्घले आज एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा ग्यास बिक्री गर्न उद्योगीलाई निर्देशन दिएको हो।
भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास ल्याउन वैकल्पिक मार्गको प्रयोग गर्नुपरेको थियो। त्यस क्रममा उपत्यकाबाहिरका उद्योगबाट ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीहरूले थप ढुवानी भाडाबापत प्रतिसिलिण्डर १०५ रूपैयाँ ३८ पैसा अतिरिक्त रकम उपभोक्तासँग लिँदै आएका थिए।
बिहीबारदेखि राजमार्ग पुनः सञ्चालनमा आइसकेकाले सङ्घले अतिरिक्त शुल्क हटाएर सरकारले तोकेको नियमित दरमै ग्यास बिक्री गर्न सबै उद्योगीहरूलाई सूचित गरेको हो।
भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड पहिरोले अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको थियो। सडक सञ्जाल बिग्रिएपछि गत भदौ १४ गतेदेखि काठमाडौंमा बजारीकरण गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका उद्योगबाट सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ग्यास बिक्री गर्दै आएका थिए।
असोज १, २०८३ बिहीबार १७:३५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।