दोहोरो अंकले बढ्यो सेयर बजार, साढे ५ अर्बको कारोबार
काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। बुधबार २१.१९ अंक घटेको नेप्से परिसूचक आज फेरि ११.९३ अंकले बढेर २६२४ विन्दुमा कायम भयो।
नेस्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो दिन पाँच अर्ब ३८ करोडको कारोबार भएकोमा आज पाँच अर्ब ४९ करोडको कारोबार भयो। यसदिन १७७ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १६ कम्पनीको मूल्य स्थिर रह्यो।
आज लगानी र अन्य समुहका उपसूचक बाहेक सबै उपसूचकहरु बढेका छन्। जीवन बीमा सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो। बैंकिङ ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.२२ प्रतिशत बढे। लगानी ०.१८ र अन्य समूह ०.०४ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा पिपुल्स हाइड्रोपावर छन्।
असोज १, २०८३ बिहीबार १५:४६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।