सिद्धार्थ बैंकले ल्यायो एनपीएल अफर, सेमिफाइनलको ‘प्लेयर अफ द म्याच’लाई ट्रफी हस्तान्तरण गर्ने अवसर

सिद्धार्थ बैंकले ल्यायो एनपीएल अफर, सेमिफाइनलको ‘प्लेयर अफ द म्याच’लाई ट्रफी हस्तान्तरण गर्ने अवसर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक रहेको सिद्धार्थ बैंक लिमिटेडले नयाँ ग्राहकलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको छ।

बैंकले एनपीएललाई थप उत्सवमय बनाउन ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सञ्चालनमा ल्याएको हो।

आजीवन निःशुल्क क्रेडिट कार्ड
यस योजनाअन्तर्गत आश्विन १ देखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। कार्ड जारी गर्दा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइनेछ।

दोस्रो वर्षदेखि ग्राहकले अघिल्लो वर्ष कम्तीमा तीनवटा कारोबार गरेमा वार्षिक शुल्क फिर्ता पाउनेछन्। न्यूनतम कारोबारको आधारमा हरेक वर्ष कार्डको निःशुल्क सुविधा नवीकरण हुँदै जाने बैंकले जनाएको छ।

सिद्धार्थ एनपीएल बचत खाता
यो खाता खोल्ने ग्राहकलाई एनपीएलको विशेष डिजाइनमा सजिएको डेबिट कार्ड उपलब्ध गराइनेछ भने खाता खोल्नेबित्तिकै सुरुवाती सुविधाका रूपमा ५०० ‘सिद्धार्थ रिवार्ड पोइन्ट’ प्राप्त हुनेछ।

सिद्धार्थ एनपीएल डेबिट कार्ड र ‘सिद्धार्थ बैंकस्मार्ट एक्सपी’ (मोबाइल बैंकिङ) दुवैको सेवा वार्षिक एकमुष्ट ५०० रुपैयाँमै लिन सकिनेछ।

असोज १ देखि कात्तिक ३० सम्मको विशेष अभियान र पुरस्कारहरू :
यस अवधिभर एनपीएल बचत खाता प्रयोगकर्ताहरूमध्ये उत्कृष्ट कारोबार गर्ने ग्राहकहरूले विभिन्न पुरस्कार जित्न सक्नेछन्।

सबैभन्दा बढी रिवार्ड पोइन्ट आर्जन गर्ने शीर्ष २० जना ग्राहकलाई विशेष ‘SBLNPL गिफ्ट ह्याम्पर’ प्रदान गरिने तथा सर्वाधिक रिवार्ड पोइन्ट कमाउने एक जना ग्राहकलाई बैंकको ‘SBLNPL’ प्रवर्द्धनात्मक भिडियोमा अभिनय/फिचर हुने अवसर मिल्ने बैंकले जनाएको छ।

यसका अलावा सबैभन्दा बढी रिवार्ड पोइन्ट रिडिम (खर्च) गर्ने ५ जना ग्राहकलाई एनपीएल खेलका २/२ वटा टिकट दिइनेछ।

अफर अवधिमा आर्जन गरेको र रिडिम गरेको पोइन्टको योगफलबाट निर्धारण हुने ‘रिवार्ड च्याम्पियन स्कोर’ मा शीर्ष स्थान हासिल गर्ने एक जना भाग्यशाली खातावालाले एनपीएलको सेमिफाइनल खेलमा प्रत्यक्ष रूपमा ‘प्लेयर अफ द म्याच’ पुरस्कार प्रदान गर्ने ऐतिहासिक अवसर पाउनेछन्।

असोज १, २०८३ बिहीबार ११:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।