बाढीपीडितलाई साओमी नेपालद्वारा २०० सेट घरायसी सामग्री सहयोग
काठमाडौं : बाढीपहिरो प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले साओमी नेपालले २०० सेट अत्यावश्यक घरायसी तथा भान्साका सामग्री उपलब्ध गराएको छ।
‘साओमी फर कम्युनिटी’ अभियानअन्तर्गत कम्पनीले उक्त राहत सामग्री काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरेको हो।
प्रभावित परिवारको दैनिक खानपिनलाई सहज बनाउन प्रत्येक राहत सेटमा १ थान प्रेसर कुकर, १ थान कराइ, ५ थान प्लेट, ५ थान चम्चा, ६ थान कप, ५ थान कचौरा र १ थान थर्मस बोतल समावेश गरिएको छ।
कम्पनीले कुल २०० वटा प्रेसर कुकर, २०० वटा कराइ, १ हजार वटा प्लेट, चम्चा र कचौरा, १ हजार २०० वटा कप तथा २०० वटा थर्मस बोतल हस्तान्तरण गरेको जनाएको छ।
‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ भन्ने नारासहित प्रदान गरिएको यस सहयोगले पीडितहरूलाई पुनः सामान्य जीवनतर्फ फर्किन टेवा पुग्ने कम्पनीको विश्वास छ।
यसअघि पनि साओमी नेपालले भोटेकोशीको बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरिसकेको छ।
विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता राहत कार्यलाई निरन्तरता दिँदै जाने कम्पनीले जनाएको छ।
असोज १, २०८३ बिहीबार ११:३२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।