मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सम्झौता
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा ग्रुप अफ कम्पनिज प्रालि (कर्मा रेसिडेन्सिज) बीच सहज आवास कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार काठमाडौंको महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने योग्य ग्राहकले बैंकको आधार दर (बेस रेट) मा केवल ०.२५ प्रतिशत प्रिमियममै आवास कर्जा पाउनेछन्।
यो कर्जाको अधिकतम भुक्तानी अवधि ३० वर्षसम्म रहने बैंकले जनाएको छ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।
बैंकको प्रचलित मापदण्ड, क्रेडिट मूल्याङ्कन र प्राविधिक परीक्षणका आधारमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई अपार्टमेन्ट खरिदका लागि वित्तीय स्रोत जुटाउन थप सहज हुने विश्वास बैंकले लिएको छ।
असोज १, २०८३ बिहीबार ११:०६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।