एक दिन पनि टिकेन सेयर बजारको उत्साह : २१.१९ अङ्कले घट्यो नेप्से, ५ खर्ब ३८ अर्बको कारोबार
काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। मंगलबार ४८ अंक बढेको नेप्से परिसूचक बुधबार फेरि २१.१९ अंकले घटेर २६१२ विन्दुमा कायम भयो।
सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेपछि मंगलबार बजारमा उत्साह देखिएको देखियो। तर, बुधबार फेरि बजार राताम्य भएको छ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन आठ अर्ब २९ करोडको कारोबार भएकोमा आज पाँच अर्ब ३८ करोडको भयो।
आज सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ ०.६३, विकास बैंक ०.७३, फाइनान्स ०.७६, होटल तथा पर्यटन ०.८५, जलविद्युत् १.०४, लगानी ०८१, जीवन बीमा १.०१, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा ०.९१, अन्य ०.८७ र व्यापार ०.७० प्रतिशत घटे।
यसदिन ४२ कम्पनीको मूल्य बढ्दा २२५ को घटेको छ भने १२ को स्थिर रह्यो। आज धेरै कारोबार भएका कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, लिबर्टी इनर्जी तथा एनआरएन इन्फ्रास्ट्रक्चर छन्।
भदौ ३१, २०८३ बुधबार १५:३८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।