प्रधानमन्त्री राहत कोषमा सहयोगको क्रम जारी, हालसम्म १४ अर्ब दुई करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा सहयोगको क्रम जारी,  हालसम्म १४ अर्ब दुई करोडभन्दा बढी रकम जम्मा

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज  बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ। 

त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा रहेको डलर खातामा रु दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ।

राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिएको थियो 

भदौ ३०, २०८३ मंगलबार ११:१२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।