उद्योग वाणिज्य महासंघको ऊर्जा समिति सभापतिमा बटु लामिछाने मनोनीत

उद्योग वाणिज्य महासंघको ऊर्जा समिति सभापतिमा बटु लामिछाने मनोनीत

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ऊर्जा तथा नवीकरणीय ऊर्जा समितिको सभापतिमा कार्यकारिणी समिति सदस्य बटु लामिछाने मनोनीत भएका छन्।

महासंघको कार्यकारिणी समिति बैठकले विधानको दफा ३७ बमोजिम ऊर्जा उद्यमी लामिछानेलाई सभापति पदमा मनोनयन गरेको हो।

महासंघको छवि तथा प्रतिष्ठालाई थप सशक्त बनाउन समितिले प्रभावकारी र जिम्मेवारीपूर्वक काम गर्ने अपेक्षासहित उनलाई यो जिम्मेवारी दिइएको महासंघले जनाएको छ।

देशको आर्थिक विकास र औद्योगिकीकरणको मुख्य आधार ऊर्जा क्षेत्र बन्दै गइरहेका बेला लामिछानेको नेतृत्वमा समितिले यस क्षेत्रसम्बन्धी नीतिगत सुधार र अन्य गतिविधिलाई अगाडि बढाउने विश्वास महासंघले लिएको छ।

महासंघका अनुसार समितिले सम्पादन गरेका कार्यभार तथा गतिविधिहरूको प्रत्येक तीन महिनामा (त्रैमासिक रूपमा) पुनरावलोकन गरी मूल्याङ्कन गरिनेछ।

मनोनीत लामिछाने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योगहरू सञ्चालन गरिरहेको व्यावसायिक संस्था ‘बिजी ग्रुप नेपाल’ का कार्यकारी अध्यक्ष हुन्।

ऊर्जा तथा औद्योगिक क्षेत्रमा लामो समयदेखि सक्रिय उनको अनुभवले महासंघको ऊर्जा समितिको कार्यसम्पादनलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

भदौ ३०, २०८३ मंगलबार १०:२१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।