बाढी प्रभावितका लागि नुवाकोटमा सात दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

बाढी प्रभावितका लागि नुवाकोटमा सात दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

काठमाडौं : बाढी प्रभावित नागरिकको स्वास्थ्य सेवालाई लक्षित गर्दै आर्या फार्मा ल्याब प्रालिले चितवन मेडिकल कलेजसँगको सहकार्यमा नुवाकोटमा सात दिने निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

विदुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रलाई केन्द्रित गरी वडा नं. ७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित भैरवडाँडामा शिविर सञ्चालन गरिनेछ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिनेछ भने जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पतालमा रेफर गरिने कम्पनीले जनाएको छ।

बाढीपछि आर्थिक तथा व्यावहारिक कठिनाइका कारण अस्पतालसम्म पुग्न नसकेका नागरिकलाई राहत दिन यो शिविर आयोजना गरिएको हो।

यसअघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरको औषधि सहयोग गरिसकेको आर्या फार्माले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा विस्तार गरेको जनाएको छ।

भदौ ३०, २०८३ मंगलबार १०:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।