चाडपर्व लक्षित हुन्डाईको ‘फेस्टिभ ड्राइभ’ योजना सार्वजनिक

चाडपर्व लक्षित हुन्डाईको ‘फेस्टिभ ड्राइभ’ योजना सार्वजनिक

काठमाडौं : नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष ग्राहक योजना ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत नयाँ गाडी खरिद गर्ने ग्राहकहरूले विभिन्न छुट तथा सेवा-सुविधाहरू प्राप्त गर्नेछन्। गाडी खरिदमा रु. ३ लाखसम्मको सिधा नगद छुट, स्क्र्याच कार्डमार्फत थप रु. ५ लाखसम्म नगद छुट जित्ने अवसर  पाउनेछन्।

यसका अलावा १ वर्षको 'अटो प्लस इन्स्योरेन्स' र १ वर्षको सडक कर नि:शुल्क पाउनेछन् भने हरेक गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा पनि पाउनेछन्।

गत भदौ २३ गतेदेखि लागू भइसकेको यो अफर देशभरका सबै हुन्डाई शोरुमहरूबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

भदौ ३०, २०८३ मंगलबार १०:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।