बाढीपीडितका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनको ३१ लाख सहयोग
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरो प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरिएको उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी बुधबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।
एसोसिएसनका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले संयुक्त रूपमा सो रकमको चेक हस्तान्तरण गरेका हुन्।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।
यस सहयोगबाट बाढीपहिरोका कारण घरबार तथा सम्पत्ति गुमाएका नागरिकको राहतमा टेवा पुग्ने विश्वास एसोसिएसनले व्यक्त गरेको छ।
भदौ २५, २०८३ बिहीबार १२:५१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।