हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं : बाबर हायातको उत्कृष्ट ब्याटिङमा हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितको लागि २६२ रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी  खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनायो।

हङकङका लागि बाबर हायातले शतक प्रहार गरे। उनले १२६ बलमा ७ चौका र ७ छक्काको सहयोगमा अविजित  ११७ रन बनाएका हुन्।

त्यस्तै शाहिद वासिफले ४५ रन बनाउदा एहसान खान ३५ रनमा अबिजित रहे।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने शेर मल्लले तीन विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

भदौ २३, २०८३ मंगलबार १२:१४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।