सामसङको मनसुन अफरमा २३ प्रतिशतसम्म क्यासब्याकदेखि विभिन्न उपहार
काठमाडौं : सामसङ नेपालले टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजेरेटरको खरिदमा विशेष छुट तथा उपहारसहितको ‘विशेष मनसुन अफर’ सार्वजनिक गर्यो। घरायसी उपकरणहरूलाई नवीनतम प्रविधिमा अपग्रेड गर्ने अवसर प्रदान गर्ने उद्देश्यले अफर ल्याएको सामसङ नेपालले जनायो।
अफरअन्तर्गत सामसङका चुनिएका होम अप्लायन्सेसहरूको खरिदमा अधिकतम २३ प्रतिशतसम्म नगद फिर्ता (क्यासब्याक) प्राप्त गर्न सकिनेछ। योजनाअनुसार विभिन्न मोडलका टिभीहरूमा २१ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ।
८५ इन्चको ‘मिनी एलइडी’ र ७५ इन्चको ‘यूएचडी’ टिभी खरिद गर्नेले ४९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको साउन्डबार निःशुल्क प्राप्त गर्नेछन्। साथै, नियो क्यूएलइडी, मिनी एलइडी, क्यूएलइडी र यूएचडी टिभीका विभिन्न मोडलमा १२ महिनाको तथा एफएचडी र एचडी टिभीमा ६ महिनाको ‘नेट टिभी’ सब्स्क्रिप्सन निःशुल्क उपलब्ध गराइने तालिकामा उल्लेख छ।
वासिङ मेसिनतर्फ ९ देखि ११ केजी क्षमताका ‘एआई इकोबबल वासर ड्रायर’मा २३ प्रतिशतसम्म र ९ देखि १२ केजीका ‘फ्रन्ट लोड’मा २२ प्रतिशतसम्म क्यासब्याक दिइएको छ। फ्रन्ट लोड र टप लोडका चुनिएका मोडलमा क्रमशः ६ केजी र १ केजीका ‘सर्फ एक्सेल म्याटिक’ पाउडर उपहारको रूपमा प्रदान गरिनेछ।
त्यसै गरी, रेफ्रिजेरेटरतर्फ डबल डोरमा १७ प्रतिशत, ५-इन-१ र सिंगल डोरमा १५ प्रतिशत तथा साइड-बाई-साइड मोडलमा ११ प्रतिशतसम्म क्यासब्याक प्राप्त हुनेछ। उपभोक्ताको क्रयशक्तिलाई ध्यानमा राख्दै सामसङले हुलास फिनसर्भमार्फत २४ महिनासम्मको ईएमआई योजनामा उपकरणहरू खरिद गर्न सकिने ‘सामसङ इन्स्टा फाइनान्स’ सेवा पनि उपलब्ध गराएको छ।
भदौ ८, २०८३ सोमबार १९:१४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।