होबार्ट हुरिकेन्सलाई नेपाल 'ए'ले दियो १५५ रनको लक्ष्य

होबार्ट हुरिकेन्सलाई नेपाल 'ए'ले दियो १५५ रनको लक्ष्य

काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत सोमबार भएको खेलमा नेपाल ‘ए’ टोलीले होबार्ट हुरिकेन्स एकेडेमीलाई जितका लागि १५५ रनको लक्ष्य दियो। 

अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल बनायो। 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले ३४ बलमा छ चौकाको सहयोगमा ३९ रन जोडेका हुन्। त्यस्तै मायन यादवले ३१ रन बनाए भने कप्तान अनिल साहले २८ तथा लोकेश बम २० रनमा अविजित रहे।

त्यसैगरी तृतराज दासले १०, नारायण जोशीले चार, पवन सर्राफले तीन, विपिन खत्रीले दुई तथा युवराज खत्रीले  र शाहब आलमले समान एक/एक रन जोडे।

बलिङतर्फ होबार्ट हुरिकेन्स एकेडेमीका राफ म्याकमिलनले सर्वाधिक तीन विकेट लिए भने मार्कस बिनले दुई विकेट झारे। त्यस्तै ब्राड्ली होप र निवेथन राधाकृष्णनले समान एक/एक विकेट लिए।

भदौ ८, २०८३ सोमबार १७:४२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।