एनएमबि बैंकमा अनलाइन आवेदन र रियल-टाइम ट्र्याकिङ प्रणालीको सुरुवात
काठमाडौं : एनएमबि बैंकले अनलाइन कर्जा आवेदन र त्यसको अवस्था तत्कालै थाहा पाउन सकिने प्रणाली सञ्चालनमा ल्याएको छ। योसँगै बैंकका रिटेल तथा सेवाग्राहीले अब घरमै बसेर कर्जाका लागि आवेदन दिन र त्यसको प्रगति विवरण हेर्न सक्नेछन्।
बैंकका अनुसार सेवा सुरु भएसँगै कर्जा आवेदनका लागि भौतिक रूपमा बैंकको शाखा धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्त भएको छ। जुनसुकै स्थान वा डिभाइसबाट बैंकको डिजिटल पोर्टलमा गई आवश्यक विवरण भरेर आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
आवेदन प्रक्रिया पूरा भए लगत्तै एउटा विशिष्ट 'ट्र्याकिङ आइडी' प्राप्त हुने छ, जसको प्रयोग गरी आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी 'रियल-टाइम' मा लिन सकिनेछ। बैंकिङ सेवालाई आधुनिक, पारदर्शी, सरल र वातावरणमैत्री बनाउने उद्देश्यले यो प्रणाली ल्याइएको बैंकले जनाएको छ।
भदौ ४, २०८३ बिहीबार २०:१२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।