नाइमा मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकको विशेष अटो लोन अफर
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर ग्राहकहरूका लागि विशेष सवारी कर्जा योजना सार्वजनिक गरेको छ।
एक्स्पोमा बैंकिङ पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंकले सवारीसाधन खरिदका लागि कर्जा लिन चाहने ग्राहकलाई लक्षित गर्दै ०.५ प्रतिशत मात्र प्रोसेसिङ शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।
बैंकका अनुसार यो विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म (११–१६ अगस्ट २०२६) सञ्चालन हुने एक्स्पो अवधिभर लागू हुनेछ।
सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई सिद्धार्थ बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन्। बैंकले यस योजनामार्फत ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकताअनुसार सवारीसाधन खरिदमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सिद्धार्थ बैंकले विशेष कर्जा योजनाबारे थप जानकारीका लागि आफ्नो २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ तथा बैंकका अन्य आधिकारिक माध्यममार्फत सम्पर्क गर्न सकिने जनाएको छ।
एक्स्पोमा विभिन्न ब्रान्डका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी उत्पादन र सेवाहरू प्रदर्शन भइरहेका छन्।
साउन २७, २०८३ बुधबार १६:२८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।