सन्दीप फेरि नेपाली टोलीको कप्तान नियुक्त
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एक दिवसीय (ओडिआई) कप्तानमा नियुक्त गरेको छ।
मलेसियामा आयोजना हुने ‘एसिसी प्रिमियर कप’का लागि क्यानले सोमबार सन्दीपको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आगामी प्रतियोगिताका लागि टोलीको नेतृत्व सन्दीपलाई सुम्पिइएको छ।
टोलीमा कप्तान लामिछानेसहित आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, सेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।
पछिल्लो समय रोहित पौडेलले नेपाली टोलीको कप्तानी गर्दै आएकोमा एक दिवसीय यस प्रतियोगिताका लागि क्यानले सन्दीपलाई कप्तानीको जिम्मेवारी दिएको छ।
यसअघि सन् २०२२ मा पहिलो पटक कप्तान बनेका सन्दीपलाई किशोरीले बलात्कारको आरोप लागेपछि क्यानले उनलाई कप्तानीबाट हटाएको थियो।
साउन २५, २०८३ सोमबार १९:२५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।