दशैँ लगत्तै सुरु हुने भयो एनपीएलको तेस्रो संस्करण

दशैँ लगत्तै सुरु हुने भयो एनपीएलको तेस्रो संस्करण

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सञ्चालन गर्ने भएको छ। 

क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गरेर एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ (कात्तिक ९ देखि मंसिर ५) सम्म आयोजना हुने जानकारी दिएका हुन्।

यसअघि तिहारपछि आयोजना हुने एनपीएल यस पटकको दशैं लगत्तै सुरु हुँदै छ। क्यानका अनुसार तिहारका दुई मुख्य दिनबाहेक अन्य दिनमा खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताको विस्तृत खेल तालिका भने सार्वजनिक हुन बाँकी छ।

प्रतियोगिताका लागि अक्सन प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ। हाल सहभागी आठ वटै फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अगाडि बढाएका छन्।

यसअघि आयोजना भएको एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेका थिए।

साउन २३, २०८३ शनिबार २२:३३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।