लगातार दुईपटक ‘गोल्डेन बुट’ जित्ने पहिलो खेलाडी बने एमबाप्पे, अन्य सबै अवार्ड स्पेनकै कब्जा
एजेन्सी : फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेसँगै व्यक्तिगत विधाका पुरस्कारहरूमा पनि उसकै दबदबा रह्यो।
यस पटकको अवार्डमा फ्रान्सेली स्टार किलियन एमबाप्पेले इतिहासकै सबैभन्दा ठूलो व्यक्तिगत सफलता हात पार्दा विश्वविजेता स्पेनले अन्य सबै विधामा आफ्नो वर्चस्व कायम गर्यो।
फ्रान्सका २७ वर्षीय स्ट्राइकर किलियन एमबाप्पे लगातार दुई वटा विश्वकपमा ‘गोल्डेन बुट’ जित्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।
उनले यस प्रतियोगिताका ८ खेलमा १० गोल गरे। सन् १९७० मा गेर्ड मुलरपछि एकै विश्वकपमा १० गोल गर्ने उनी पहिलो खेलाडी हुन्।
यससँगै एमबाप्पेको विश्वकपमा कुल गोल संख्या २२ पुगेको छ। उनले लियोनेल मेसीको २१ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासमै ‘सर्वाधिक गोल गर्ने खेलाडी’को ऐतिहासिक उपाधि आफ्नो नाममा राखेका छन्।
रोड्रिलाई ‘गोल्डेन बल’
विश्वविजेता स्पेनका मिडफिल्डर तथा कप्तान रोड्रि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ पाए।
स्पेनलाई च्याम्पियन बनाउन मेरुदण्डको काम गरेका ३० वर्षीय रोड्रिले यसअघि ब्यालन डी'ओर र यूरो २०२४ को 'प्लेयर अफ द टुर्नामेन्ट' अवार्ड पनि जितेका थिए।
यस विधामा अर्जेन्टिनाका लियोनेल मेसीले ‘सिल्भर बल’ र एमबाप्पेले ‘ब्रन्ज बल’ प्राप्त गरे।
उनाई सिमोनलाई ‘गोल्डेन ग्लोभ्स’
स्पेनका गोलकिपर उनाई सिमोनले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको अवार्ड ‘गोल्डेन ग्लोभ्स’ हात पारे।
उनले ८ खेलमध्ये ७ खेलमा ‘क्लिन सिट’ राख्दै विपक्षीलाई गोल गर्न दिएनन्। पूरै प्रतियोगिताभर उनले एउटा मात्र गोल खाएका थिए, जसको कारण स्पेनको डिफेन्स थियो।
उत्कृष्ट युवा खेलाडी पाउ कुबार्सी
स्पेनका १९ वर्षीय सेन्ट्रल डिफेन्डर पाउ कुबार्सीले ‘बेस्ट योङ प्लेयर’को अवार्ड जिते।
बार्सिलोनाका यी युवा खेलाडीले आफ्नो पहिलो विश्वकपमै परिपक्व खेल देखाउँदै फाइनलमा अर्जेन्टिनाका मेसी जस्ता स्टारलाई समेत निष्प्रभावी बनाएका थिए।
विश्वकपका यी पुरस्कारहरू फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त रूपमा वितरण गरेका थिए।
एमबाप्पेले व्यक्तिगत रूपमा कीर्तिमानको ओइरो लगाए पनि ट्रफी भने स्पेनका खेलाडीहरूको पोल्टामा परेको छ।
साउन ४, २०८३ सोमबार ०८:०८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।