सन् २०३० को विश्वकपमा मेसीलाई मैदानमा देख्न पाइएला ?
काठमाडौँ : सन् २०२६ को फिफा विश्वकपमा शानदार खेल प्रदर्शन गर्दै फाइनलमा पुगे पनि लगातार विजेता बन्ने लियोनल मेसीको सपना पुरा हुन सकेन। जति प्रयास गरे पनि फाइनलमा स्पेनसँग आत्मसमर्पण गर्दै टिम उपविजेतामा सीमित भयो।
दुई पहेँलो कार्ड पाएर टिम १० जनामा सीमित भए पनि निर्धारित समय र थप भएको समयको पहिलो हाफसम्म स्पेनको दर्जन अट्याक रोक्न टिम सफल भएको थियो। मैदानको खेल हेर्दा स्पेनका ११ खेलाडीसँग अर्जेन्टिनाका गोलकिपर एक्लैले प्रतिस्पर्धा गरिरहेझैँ देखिएको थियो। खेल अवधिभर अर्जेन्टिनाले टार्गेटमा प्रहार समेत गर्न सकेन। मेसी खेल अवधिभर पुरै बाँधिएर रहे।
३९ वर्षको उमेरमा पनि उनी मैदानमा फिट देखिएका छन्। उनले प्रतियोगिताभर ८ गोल गरे भने ३ गोलका लागि सहयोगीको भुमीका निभाए। मेसीले संन्यासको घोषणा गरेका छैनन्। तर उनी अहिले ३९ वर्षका भइसके। २०३० को फिफा विश्वकपमा मेसी ४२ वर्षका हुनेछन्। के हामी उनलाई फेरि विश्वकपको मञ्चमा देख्न पाउँछौँ होला?
साउन ४, २०८३ सोमबार ०४:५२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।