अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप

अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप

काठमाडौं : अर्जेन्टिनालाई १-० हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को विजेता भयो। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनालाई खेल अवधिभर दबाबमा राखेको स्पेनले अन्तमा १-० ले पराजित गर्यो।  स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो।

खेलको १०६औँ मिनेटमा स्पेनका लागि  फेरान टोरेसले गरेको गोल नै प्रतियोगिताको निर्णायक गोल बन्यो। अर्जेन्टिनाका  एन्जो फर्नान्डेजले दुई पहेँलो कार्ड पाएर १० खेलाडीमा खुम्चिए पनि  निर्धारित ९० मिनेटमा दुवैतर्फबाट कुनै गोल हुन सकेन। त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको पहिलो हाफमा पनि गोल हुन सकेन। । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गरेको थियो।

खेलको अधिकांश समय स्पेन अर्जेन्टिनाका खेलाडीमाथि हाबी भएका थिए। खेल अवधिभर लियोनल मेस्सी चल्न सकेनन्। स्पेनले दोस्रो पटक विश्वकप जितेको हो।

साउन ४, २०८३ सोमबार ०४:०४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।