फ्रान्सलाई २-0 ले स्तब्ध बनाउँदै स्पेन विश्वकप फाइनलमा
काठमाडौं : फिफा विश्वकपको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-0 ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा भएको खेलमा फ्रान्सलाई हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा पुगेको हो।
स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरेर टिमलाई फाइनलमा पुर्याए। फ्रान्सले पटक पटक गोल फर्काउने प्रयास गरे पनि सफल भएनन्। स्पेनले गोलको खाता पेनाल्टीबाट गरेको थियो। मिकेलले पेनाल्टीमा गोल गरेका थिए। पछि पेड्रोले गोल थपेका थिए।
विश्वकप उपाधिका लागि अब स्पेनले अर्जेन्टिना र इंग्ल्यान्डबीचको सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
असार ३१, २०८३ बुधबार ०३:०४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।