गोलकिपरको गल्तीले हार्यो बेल्जियम, स्पेन सेमिफाइनलमा फ्रान्ससँग भिड्ने
काठमाडौं : प्रतिस्पर्धात्मक खेलमा बेल्जियमलाई २-१ ले हराउँदै स्पेन फिफा वर्ल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। फाइनलका लागि स्पेनले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
स्पेनका लागि पहिलो गोल रुइजले गरेका थिए। तर बेल्जियमका डे केटेलारेले गोल फर्काएर अंक बराबर बनाएका थिए। बल रोक्नेक्रममा बेल्जियमका गोलकिपर कोर्टुवा घाइते भएर बाहिरिएपछि दोस्रो हाफमा सेने लामेन्स वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।
म्यानचेस्टर युनाइटेडका गोलकिपर रहेका लामेन्सको बल रोके पनि नियन्त्रणमा लिन नसकेको गल्तीको फाइदा उठाउँदै स्पेनका मिकेल मेरिनाेले खेलको अन्तिम समयमा गोल गरे। त्यही गोल निर्णायक भयो र स्पेन ई सेमिफाइनलमा पुग्यो।
असार २७, २०८३ शनिबार ०३:०१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।