स्पेनसँग १-० को हारसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं : स्पेनसँग १-० को हार बेहोर्दै पोर्चुगल विश्वकप उपाधिको दौडबाट बाहिरिएको छ।
क्वार्टरफाइनलमा पुग्न टप १६ मा स्पेनसँगको कडा प्रतिस्पर्धामा स्पेनले इन्जुरी समयमा गोल गरेपछि पोर्चुगलको यात्रा टप १६ मै सकिएको हो।
स्पेनका मिकेल मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमै गोल गरेको थिए। खेल अवधिभर पोर्चुगलमाथि स्पेन हाबी भए पनि गोल भने गर्न सकेको थिएन।
पोर्चुगलले पनि पटक पटक गोल गर्ने मौका पाए पनि गोल भने हुन सकेन। आइतबारको खेलमा ब्राजिल पनि नर्वेसँग हार्दै विश्वकपको प्रतिस्पर्धाबाट बाहिरिइसकेको छ।
असार २३, २०८३ मंगलबार ०३:०५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।