त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै भोलि (असार १५ गते) देखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो।
अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ। सेवाग्राहीले बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सकिने छ।
स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको भन्दै गत माघ १ गतेदेखि बिमा कार्यक्रम रोकेको शिक्षण अस्पतालले ६ महिनापछि ओपीडी सेवा मात्र पुनः सुरु गर्न लागेको हो।
असार १४, २०८३ आइतबार १२:५५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।