प्रतिस्पर्धाबाट छानिएका सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटे, नियुक्तीबारे सबै प्रावधान हटाएर शून्य बनाइयो
काठमाडौं : सरकारले अध्यादेशमार्फत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सार्वजनिक प्रतिस्पर्धाबाट नियुक्त भएका उपकुलपति र राजनीतिक रूपमा नियुक्त शिक्षाध्यक्ष, रजिस्टार र अस्पताल निर्देशक हटाएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिको नियुक्तिका लागि उपकुलपति रहने स्वास्थ्यमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने र समितिले सार्वजनिक सूचना मार्फत आएको आवेदन अनुसार तीन जनाको नाम सिफारिस गरेर मन्त्रीपरिषद्बाट एक जना नियुक्त हुने प्रावधान रहेको छ।
यसैगरी प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिस्टार र अस्पताल निर्देशक उपकुलपतिको सिफारिसमा सहकुलपति अर्थात् स्वास्थ्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ। अध्यादेशले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ऐनमा रहेको नियुक्तिको प्रावधान शून्य बनाएर सबैलाई एकै पटक पदमुक्त गरेको छ।
राजपत्रमा प्रकाशित अध्यादेश अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा रहेको नियुक्ति सम्बन्धी सबै प्रावधान अध्यादेशमार्फत हटाएर शून्य व्यवस्था गरिएको छ।
अध्यादेशको देश
वैशाख २१, २०८३ सोमबार १५:४७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।