आज सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन हुने
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने भएकाले मन्त्रालयले आज नियमित काम गर्न भनेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार लगातार तीन दिन बिदा हुँदा सेवाग्राहीलाई असुविधा हुने देखिएकाले उक्त निर्देशन दिइएको हो।
आज (शुक्रबार) श्रमिक दिवस, भोलि शनिबार र पर्सी आइतबार पनि बुद्ध जयन्तीको सार्वजनिक बिदा परेको छ।

वैशाख १८, २०८३ शुक्रबार ०८:४९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।