सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ

सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ।

कागेश्वरी मनोहरा नगरपालिका-१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका-९ का रवीन्द्र केसी, गोरखा नगरपालिका-३ का प्रवीण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका-४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो।

रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक म्याक्रोटेकको नाममा उनीहरूले ‘मेडिकल स्क्रिनिङ’मा नियम विपरीत शुल्क लिई श्रमिकलाई ठगी गरेका पाइएको छ।

असोज २९, २०८३ बिहीबार १९:०३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।