कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्त पेस्तोलसहित पक्राउ
काठमाडौं : कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त दुई थान पेस्तोलसहित पक्राउ परेका छन्।
सर्लाहीको बागमती नगरपालिका-१ बाट पेस्तोल र गोलीसहित स्थानीय ४८ वर्षीय मेघराज भनिने बाबु थापा पक्राउ परेका हुन्।
उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। थापाको साथबाट ‘MADE IN USA’ लेखिएको एक पेस्तोल, नाम नखुलेको अर्को एक पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
थापालाई बरामद हातहतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज २९, २०८३ बिहीबार १५:३०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।