रानीपोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

रानीपोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

काठमाडौं : काठमाडौंको रानीपोखरीमा बुधबार राती अन्दाजी ३५ देखि ४० वर्षका एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राती करिब १० बजे रानीपोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो।

परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार ती व्यक्ति विश्वज्योतिको किनारबाट पौडी खेल्दै पोखरीभित्र छिरेको जस्तो देखिन्छ। मृतकको पहिचान हालसम्म नखुलेको र पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको थापाले बताए।

“पहिचान भने अझै खुलेको छैन। शवलाई टिचिङ अस्पताल महाराजगन्जमा लगेको छौं” उनले भने।

असोज २९, २०८३ बिहीबार १५:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।