दक्षिण सुडानमा नेपाली सेनाको टोली फेरबदल : १६औँ डफ्फा प्रस्थान, १५औँ डफ्फा फिर्ता
काठमाडौं : संयुक्त राष्ट्रसङ्घ (यूएन) को आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’मा खटिएको नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्न नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको हो।
१६औँ डफ्फाका २०३ जना शान्ति सैनिकहरूको दोस्रो तथा अन्तिम टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको सेनाले जनाएको छ।
यसैगरी, दक्षिण सुडान मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नयाँ गोरख गण (१५औँ डफ्फा) का २०४ जना शान्ति सैनिकहरू सोही दिन स्वदेश फिर्ता भएका छन्।
असोज २९, २०८३ बिहीबार १०:५७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।