सरदरभन्दा १२ दिन ढिलो गरी नेपालबाट बाहिरियो मनसुन

सरदरभन्दा १२ दिन ढिलो गरी नेपालबाट बाहिरियो  मनसुन

काठमाडौं : औसतभन्दा १२ दिन ढिलो गरी यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो। 

गत असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग र गण्डकी प्रदेशका केही स्थानहरूबाट स्थानहरूबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको थियो।  

नेपालमा सामान्यतया (सरदर) अक्टोबर २ तारिखका दिन मनसुन बाहिरिने गर्दछ। तर, यस वर्ष १४ अक्टोबर अर्थात सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बाहिरिसकेको भए तापनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव अझै रहन सक्ने सम्भावना छ। त्यसैले पछिल्लो मौसमी सूचनाबारे नियमित जानकारी लिन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ।  

असोज २८, २०८३ बुधबार १४:४५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।