राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गरेका छन्।
उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले मङ्गलबार ती अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

असोज २७, २०८३ मंगलबार १८:०५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।