बिदाको दिन सरकारी गाडी चलाएर सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

बिदाको दिन सरकारी गाडी चलाएर सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

बनेपा : सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग गरी सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा काभ्रेपलाञ्चोकको पनौतीबाट एक जनालाई पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टका अनुसार पनौती नगरपालिका-३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटालाई पक्राउ गरिएको हो।

असोज २४ गते शनिबारको दिन सरकारी गाडी चलाइरहेका सापकोटाले सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। 

विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको छ।

सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सूचना विष्ट जानकारी दिए। उनका अनुसार सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइनेछ।

असोज २७, २०८३ मंगलबार १५:५१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।