कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहान ८ बजेदेखि
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) पदको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार एक सूचना जारी गर्दै ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना सुरु गरिने जानकारी दिएको हो।
केन्द्रीय कार्यसमिति चयनका लागि काठमाडौंमा भएको महाधिवेशनअन्तर्गत निर्वाचनको मतगणना असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको थियो। हालसम्म सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएका छन्।
सोमबार दिउँसोबाट केन्द्रीय सदस्य समावेशीतर्फको मतगणना सुरु गरिएकोमा खुलातर्फ भने मंगलबार बिहानबाट मतगणना सुरु गरिने समितिले जनाएको छ। त्यस्तै केन्द्रीय सदस्यका उम्मेदवारहरूको हकमा मतगणना स्थलमा उम्मेदवार स्वयं मात्र उपस्थित हुन पाउने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवारका लागि प्रतिनिधिको व्यवस्था गरिएको छैन।
असोज २६, २०८३ सोमबार १७:१५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।