घरमै लुकाइराखेको भरुवा बन्दुकसहित इलामबाट एक जना पक्राउ

घरमै लुकाइराखेको भरुवा बन्दुकसहित इलामबाट एक जना पक्राउ

काठमाडौं : इलामको माईजोगमाई गाउँपालिका-४ नाम्सालिङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ६० वर्षीय पूर्णबहादुर देवान रहेका छन्। 

देवानले घरमा अवैध भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरीले शनिबार साँझ उनको घरमा तलासी गरेको थियो। घरमा एक अवैध भरुवा बन्दुक राखिएको भेटिएपछि बन्दुकसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

देवानलाई पक्राउ मितिदेखि नै लागू हुने गरी प्रहरीले जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार देवानलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो।

असोज २६, २०८३ सोमबार १६:५२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।