भारत उडे गृहमन्त्री गुरुङ

भारत उडे गृहमन्त्री गुरुङ

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ भारत उडेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो नयाँ दिल्लीतर्फ गएका हुन्।

भारत प्रस्थान गर्नुअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित गृह मन्त्रालय तथा सुरक्षा निकायका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो।

असोज २६, २०८३ सोमबार १३:१७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।