बूढीगण्डकी बाढी : ३६ जनाको उद्धार
काठमाडौं : नेपाली सेनाले बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार गरेको छ।
एमआइ–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले जगत क्षेत्रबाट ६, न्याकफेदीबाट नौं जना तथा यारुबाट एक जना शिशु र एक विदेशी नागरिकसहित नौं जना तथा पायुबाट १२ जनागरी हालसम्म ३६ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
त्यस्तै, अन्य सुरक्षा निकाय र सरकारी निकायसँग समन्वय गरी थप खोज तथा उद्धार गरिरहेको पनि सेनाले जनाएको छ। बूढीगण्डकी नदीमा आएको बाढीपछि गोरखा, धादिङ, तनहुँलगायतका जिल्ला प्रभावित भएका छन्।
सेनाले गोरखा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
असोज २५, २०८३ आइतबार १३:४५:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।