बूढीगण्डकी बाढीको जोखिम मुग्लिनसम्म, सतर्क रहन माइकिङ गर्दै  प्रहरी

बूढीगण्डकी बाढीको जोखिम मुग्लिनसम्म, सतर्क रहन माइकिङ गर्दै  प्रहरी

काठमाडौं : गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीको प्रभाव मुग्लिनसम्म देखिएपछि प्रहरीले सतर्कता अपनाउन आग्रह गर्दै माइकिङ सुरु गरेको छ।  

बाढी पूर्वानुमान महाशाखाले मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै माइकिङ गरेको हो। 

महाशाखाका अनुसार उच्च जोखिममा रहेका क्षेत्रका स्थानीयलाई सुरक्षित उच्च स्थानमा जान भनिएको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रलाई मध्यम जोखिममा राख्दै सतर्क रहन आग्रह गरिएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर स्थानीयलाई सचेत गराउने काम भइरहेको छ। प्रहरीले माइकिङमार्फत जोखिमबारे जानकारी गराइरहेको छ।

गोरखामा आएको बाढीको जोखिमबारे जानकारी प्राप्त भएको र त्यसअनुसार सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हालसम्म चितवनमा बाढी प्रवेश गरेको छैन र अवस्था सामान्य छ ।

असोज २५, २०८३ आइतबार १०:३२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।