बुढीगण्डकी बाढी अपडेट : उङगिलुङ खोला किनारबाट चार जना सम्पर्कविहीन

बुढीगण्डकी बाढी अपडेट : उङगिलुङ खोला किनारबाट चार जना सम्पर्कविहीन

गोरखा : गोरखाको चुमनुव्री गाउँपालिका- ६ भएर बग्ने उङगिलुङ खोलाबाट आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीपछि चार जना सम्पर्कविहीन छन्।

पशुको हेरचाहको लागि उङगिलुङ खोला किनारमा बसेका उनीहरू सम्पर्कविहीन बनेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा जानकारी दिए। उङगिलुङ खोला किनारमा रहेका चार वटा गोठमा १५ वटा याक र नाक पनि बाढीमा बगेका छन्। 

बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ। शर्माका अनुसार बाढीबाट माछीखोला बजारमा क्षति भएको छ। आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ। -राससको समाचार आंशिक सम्पादनसहित प्रकाशित

असोज २५, २०८३ आइतबार ०९:५६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।