कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सुरु गर्न सानेपामा तयारी

कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सुरु गर्न सानेपामा तयारी

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत शनिबारदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदैछ।

उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएसँगै मतगणना गर्ने तयारी गरेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। 

उपसभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ। सिसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ।

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो। सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए। थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन्।

सभापतिमा चुनिएपछि पार्टी कार्यालयमा शनिबार सम्बोधन गर्दै थापाले खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिएका छन्।

असोज २४, २०८३ शनिबार १७:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।