डोजर लगाएर लेदो पन्छाएपछि खुल्यो बिपी राजमार्ग

डोजर लगाएर लेदो पन्छाएपछि खुल्यो बिपी राजमार्ग
फाइल तस्बिर

बनेपा : गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गको लेदो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ। 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए।

उनका अनुसार मङ्गलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा लेदो खसेको थियो। डोजरको सहायताले सडकमा थुप्रिएको लेदो र गेग्रान हटाएपछि यातायात सञ्चालनमा आएको विष्टले बताए।

वर्षा जारी रहेमा सडकका अन्य स्थान पनि अवरोध हुनसक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई प्रहरीले आग्रह गरेको छ।

असोज २४, २०८३ शनिबार १५:०२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।