सडक भासिएपछि पृथ्वी राजमामार्गमा ‘ब्याक कटिङ’ सुरु, आठ घण्टामा यातायात सुचालु हुने दाबी
धादिङ : गजुरी नजिकैको गलौदीमा सडक भासिँदा अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने काम सुरु भएको छ।
स्थानीय निकायको अवरोधले रोकिएको भित्रपट्टिको भाग काटेर सडक फराकिलो बनाउने काम छलफलपछि थालिएको हो। सबै अवस्था सामान्य रहे करिब आठ घण्टामा यातायात सुचारु हुने सडक विभागले जनाएको छ।
त्रिशूली नदीले कटान गरेपछि गलौदीमा राजमार्गको नदीतर्फको भाग भासिएको थियो। यसले राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको थियो।
राजमार्गको भित्रपट्टि स्थानीय सडक छ। सडक खुलाउन त्यो स्थानीय सडक काटेर ब्याक कटिङ गर्नुपर्ने थियो। तर स्थानीय निकायले अवरोध गरेकाले काम सुरु हुन सकेको थिएन।
सुरुमा गजुरी गाउँपालिका वडा नम्बर ५ सँग छलफल भइरहेको र धादिङ जिल्ला प्रशासनसँग सम्पर्क गरिएको थियो। पछि स्थानीय निकायसँग छलफल भई सहमति भएपछि ब्याक कटिङ सुरु गरिएको हो।
असोज २४, २०८३ शनिबार १०:४१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।