पश्चिमी प्रणाली र मनसुनी वायुको प्रभावले आज दिउँसो यी क्षेत्रमा चट्याङसहित वर्षा

पश्चिमी प्रणाली र मनसुनी वायुको प्रभावले आज दिउँसो यी क्षेत्रमा चट्याङसहित वर्षा

काठमाडौं : देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायम रहेको छ।

यसका कारण आज दिउँसो हिमाली र पहाडी भेगमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र कोशी, कर्णाली तथा सुदूरपश्चिमका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका सबै भाग र देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। तराईमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एकदुई स्थान तथा कोशी प्रदेशका तराई भूभागका एकदुई स्थान आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ, केही भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

असोज २४, २०८३ शनिबार ०८:१३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।