कांग्रेस महाधिवेशनमा ९६ प्रतिशत मत खस्यो, मत गणना एकिन भएन
काठमाडौं नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ९६.२ प्रतिशत मत खसेको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्मका लागि भएको निर्वाचन शुक्रवार बेलुका १० बजे सकिएको थियो। मतदानका लागि तोकिए भन्दा एक दिन लम्बिएपछि कम मतदान हुने आशंका थियो। रास्वपाको महाधिवेशनमा मतदान लम्बिँदा पदाधिकारीमा अत्यन्त न्यून मतदान भएको थियो।
कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ३ सय १७ मतदाता रहेकोमा ७ हजार ३९ मत खसेको प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर खड्काले जानकारी दिए। बिहीबारका लागि तोकिएको मतदान शुक्रबार सरेको थियो। शुक्रवार बिहान ७ बजेदेखि दिउस ३ बजेसम्मका लागि मतदान समय तोकियो। तर मतदान सकिन लगभग १० बजेको थियो।
महाधिवेशनमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाडौं उपत्यकाको महिलातर्फको केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध भए। अन्य सबै पदमा मतदान भएको थियो। महाधिवेशनमा सर्वसम्मत हुने प्रयास गरे पनि गगन थापा प्रतिस्पर्धामै उत्रनु पर्यो। सभापतिदेखि केन्द्रीय सदस्यसम्म २ सय ३१ पदका लागि ८ सय ११ जनाको उम्मेदवारी परेको थियो।
असोज २४, २०८३ शनिबार ००:३९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।