बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका व्यक्ति भक्तपुरबाट पक्राउ

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका व्यक्ति भक्तपुरबाट पक्राउ

काठमाडौं : बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्ति भक्तपुरबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिपक चन्द्र न्यौपानेलाई बिहीबार भक्तपुर नगरपालिका- १ सृजनाटोलबाट पक्राउ गरेको हो।

झापा जिल्ला अदालतले चाँगुनारायण नगरपालिका- ३ का न्यौपानेलाई बैंकिङ कसुर मुद्दामा २०८१ वैशाख ७ गते दोषी ठहर गरेको थियो। उनीविरुद्ध अदालतले चार करोड रुपैयाँ बिगो बिगोबमोजिम जरिवाना र एक महिना १५ दिन कैद सजाय निर्धारण गरेको थियो।

अदालतको उक्त फैसलापछि सजाय भुक्तान नगरी उनी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सीआईबीले जनाएको छ। गोप्य सूचनाका आधारमा पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए।

असोज २३, २०८३ शुक्रबार १९:०५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।